खरिदार र लेखापढी व्यवसायी घुससहित पक्राउ

बुटवल : मालपोत कार्यालय बुटवलका खरिदार जिवनाथ पाण्डे र लेखापढी व्यवसायी कमल पाण्डे घुस रकमसहित पक्राउ परेका छन् । उनीहरूलाई एक लाख २० हजार घुससहित अख्तियार दुरूपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले पक्राउ नियन्त्रणमा लिएको हो ।

जग्गा नामसारी र लालपूर्जा दिने कार्यको सहजीकरणका लागि उनीहरूले घुस लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । यस विषयमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

याे पनि पढ्नुस  अब पानीले पनि चल्छ गाडी !

कमेन्ट गर्नुहोस्