‘नक्कली आइडी बनाएर आफ्नै श्रीमानलाई मायाको जालमा फसाउँदैछु’

एक विवाहित महिला जसको मुहारमा उदासी स्पष्ट देखिन्थ्यो । उनी साईबर क्याफे आउँछिन् । अनि क्याफे सञ्चालक युवा दम्पत्ती कहाँ गएर आफूलाई फेसबुक आइडी चाहिएको ईच्छा ब्यक्त गर्छिन् ।

सो क्याफे मालिकले फेसबुक अकाउन्ट खोल्न शुरु गर्छन् । अनि ती युवतीसँग उनको नाम सोध्छन्, जो फेसबुक प्रोफाईलको लागि चाहिएको हुन्छ ।

नाम सोध्दा युवतीले आफ्नो फेसबुक अकाउन्ट नक्कली नामबाट खोल्ने ईच्छा जाहिर गर्छिन् ।

युवतीको यस्तो व्यबहार देखेर क्याफे युवती आवेशमा आएर रिसाएर यसको विरोध गर्छिन् ।
तर उनीहरुको विरोधलाई नमानेर सो युवतीले नक्कली आईडीको लागि दबाब दिन्छिन् । अनि आफ्नो फोटो पनि नराखेर कुनै नेपाली सुन्दर केटीको तस्विर प्रोफाईल फोटोमा राख्न माग गर्छन् ।

त्यसैले यी युवतीको व्यवस्था देखेर क्याफे मािलक दम्पत्तीले उनका लागि नक्कली फेसबुक आईडी बनाईदिन बाध्य हुन्छन् ।

यसरी नक्कली आईडी बनीसकेपछि युवतीले धन्यबाद दिएर आफ्नो घरतर्फ जान लागेकी हुन्छिन् । क्याफे मालिक दम्पतिले यस्तो नक्कली आईडी किन भनेर अचम्भित मुद्रामा भावुक प्रश्न गर्छन् । ति उदास युवतीको जवाफ कम दुखदायी थिएन ।

उनको उत्तर यस्तो थियोः
मेरो श्रीमान् विदेश गएको तीन वर्ष भयो । अब त उहाँलाई मेरो कुनै वास्ता छैन । मेरा बुढा सासूससुरा जो उहाँलाई पनि जन्मदिने आमाबाबु हुनुहुन्छ उहाँहरुको पनि वास्ता छैन । न त चिठी आउँछ, न त फोन, घरको आर्थिक स्थिती पनि ओराली लागि सकेको छ । बालबच्चाको पढाई र वृद्धा आमाबाबुको उपचारमा सम्पत्ति बेच्ने स्थिती आइसकेको छ ।

अनि आजभोलि सुन्दै छु मेरो श्रीमानले फेसबुक चलाउनु हुन्छ रे फोटो पनि राख्नुहुन्छ रे । राम्राराम्रा मन छुने गजल कविता र आदर्श लेखहरु लेखेर राम्रो ख्याती प्राप्त गर्नु भएको छरे । अनि उहाँलाई चाहनेहरु पनि धेरै छन् रे । फेसबुकमा राम्री राम्री केटिहरुसँग मायाप्रेम गाँस्नु हुन्छ रे ।

त्यसैले म पनि एउटी अन्जान केटीको रुपमा मेरो श्रीमानसँग फेसबुकमा जोडिने छु । उहाँसँग माया पिरती गाँस्ने छु । अनि आफ्नो प्रेमको जालमा फसाएर स्वदेश बोलाउने छु ।

युवतीको यस्तो उत्तर सुनेर ती क्याफे दम्पत्तीको पनि आँखा रसाउँछन् । ति युवतीको साहस आशा र संकल्प देखेर त्यो दम्पत्ती सोच्न बाध्य हुन्छ । तस्विरः सांकेतिक गुगलबाट

भगत प्यूठानी, हाल हैदराबाद (बाध्यताताले जहाँ पुराए पनि मन त मेरो नेपाली ग्रुपबाट साभार)

कमेन्ट गर्नुहोस्