शुक्रबार लोकेन्द्र ब. चन्द र शनिबार चैतन्य मिश्रको पुस्तक सार्वजनिक हुँदै

काठमाडौं, पुस्तकप्रेमीहरुका लागि यो साता विशेष हुने भएको छ । यो साता नेपालका दुई चर्चित व्यक्तित्वले पुस्तक सार्वजनिक गर्न गइरहेका छन् ।

शुक्रबारका दिन पूर्व प्रधानमन्त्री तथा मदन पुरस्कार विजेता समेत रहेका राजनीतिज्ञ लोकेन्द्र बहादुर चन्दको पुस्तक विमोचन हुँदैछ ।

चन्दले लेखेको “स्प्रिङः एन एडेप्ट डाइरेक्टर” नामक अंग्रेजी पुस्तकलाई पूर्व राष्ट्रपति रामवरण यादवले अपरान्ह साढे तीन बजेदेखि आयोजत समारोहमा विमोचन गर्दैछन् ।

याे पनि पढ्नुस  के छ चैतन्य मिश्रकाे नयाँ पुस्तकमा? यस्ताे लेखेका छन् भूमिकामा

अंग्रेजी भाषामा लेखिएकाे पुस्तकका कतिपय कविता चन्द आफैले लेखेका छन् भने केही भने नेपालीमा लेखिएका कवितालाई अंग्रेजीमा अनुवाद गरिएको प्रकाशक विनय दत्तले जनाए ।

शनिबारका दिन भने समाजशास्त्री चैतन्य मिश्रको बहुप्रतिक्षित पुस्तक विमोचन हुँदैछ । ‘लोकतन्त्र र आजको मार्क्सवाद’ पुस्तकको विमोचन हुँदैछ । राजेन्द्र महर्जनले सम्पादन गरेको पुस्तक प्रज्ञा प्रतिष्ठान डबलीमा दिउँसो विमोचन हुने भएको हो । पुस्तकमा मिश्रले समसामयिक विषयमा लेखेका समाजशास्त्रीय विवेचनात्मक सामग्री समेटिएको छ । पुस्तकलाई बुक हिल प्रकाशनले बजारमा ल्याउन खोजेको हो ।

याे पनि पढ्नुस  के छ चैतन्य मिश्रकाे नयाँ पुस्तकमा? यस्ताे लेखेका छन् भूमिकामा

विमोचन कार्यक्रममा प्रदीप गिरि र डा. बिन्दा पाण्डे पुस्तकमाथि मन्तव्य राख्ने कार्यक्रम छ भने कार्यक्रमको सहजकर्ता उज्ज्वल प्रसाईले गर्ने महर्जनले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्