शिक्षकको दरवन्दी वितरण चाँडै हुन्छः शिक्षामन्त्री पोखरेल

काठमाडौंः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गाउँपालिकामा शिक्षकहरुको स्थायी दरबन्दी पुर्नवितरण कार्य सुरु गर्ने भएको छ ।

राजधानी बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षकको दरवन्दी पुर्नवितरण गर्ने कार्यदलले बनाएको प्रतिवेदन मन्त्रीपरिषद् बैठकले पारित गरेको जानकारी दिए ।

याे पनि पढ्नुस  विद्यार्थीसँग वार्ता गर्न त्रिवि पदाधिकारीलाई शिक्षामन्त्रीले दिए निर्देशन

यस्तै, मन्त्री पोखरेलले शिक्षकको दरवन्दी वितरणको काम चाँडै सुरू हुने बताए । दरबन्दी पुर्नवितरण सम्बन्धमा मन्त्रालयले शिक्षाविद् महाश्रम शर्माको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

कार्यदलको प्रतिवेदन मन्त्रिपरिषद्ले पास गरेको उनले जानकारी दिए । उनले शिक्षक सेवा आयोगको नियमावली पनि मन्त्रीपरिषद बैठकद्वारा संशोधन भइसकेको जानकारी दिए ।

याे पनि पढ्नुस  शिक्षामन्त्रीको चेतावनीः ‘जागिर खान अरु नै क्षेत्र छन्, अब हिजोको घोकन्ते सिकाइले हुँदैन’

मन्त्री पोखरेलले शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएको र शिक्षाले ज्ञान, सिप र सोच परिर्वतन गर्न सक्नुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्