थाइल्याण्डमा प्राविधिक प्रमुख सेनानी राणाको निधन

काठमाडौंः  नेपालका एक प्राविधिक प्रमुख सेनानीको मृत्यु भएको छ । प्राविधिक प्रमुख सेनानी निरजप्रताप राणाको थाइल्याण्डको बैंककमा हृदयघातका कारण मृत्यु भएको हो ।

राणाको थाइल्याण्डको बैंककमा हृदयघातका कारण शुक्रबार मृत्यु भएको परिवारले जनाएको छ । सेनानी राणा सिभिल एभिएसन तालिमको लागी थाइल्याण्डमा रहेका थिए ।

राणाको सोमबार पशुपति आर्यघाटमा सैनिक टुकडिले सलामी अर्पण गर्दै अन्त्येष्टि गरिएको छ । उनी नेपाली सेनामा एक कुशल प्राविधिक प्रमुख सेनानीका रुपमा चिनिन्थे ।

कमेन्ट गर्नुहोस्