चट्याङ लागेर जुम्लामा २५० भेडा मेर

जुम्ला । जिल्लाको तिला गाउँपालिका–६ मा बिहीबार परेको चट्याङले २ सय ५० भेडा परेका छन् । भुतवाडा पाटनमा अविरल वर्षासँगै परेका चट्याङले मरेपछि सुडिका किसान चिन्तित भएका छन् ।

यहाँका किसानको आम्दानीको प्रमुख स्रोत भेडा पालन हो। भेडा मर्नेमा तिला गाउँपालिका ६ का किसान, नुनिलाल रावत, लालबहादुर रावत, जयलाल रावत, बाँचे रावत र देवबहादुर रावतका गरी २ सय ५० भेडा मरेको स्थानीय महावीर रावतले बताए।

याे पनि पढ्नुस  चट्याङ लागेर रुकुम पश्चिममा ९ जना गम्भीर घाइते

चट्याङका कारण महावीर रावत सामान्य घाइतेसमेत भएका छन्। व्यावसायिक रूपमा भेडा पालेर बसेका सुडिका किसान भेडा मरेपछि परिवारको घरखर्च चलाउन समस्या भएको नुनिलाल रावतले बताए। उनका अनुसार जुम्लामा कहिले हिमपातले त कहिले चट्याङको मारमा किसान पर्दै आएका छन्।

कमेन्ट गर्नुहोस्