तनावकैबीच पाकिस्तानद्वारा ब्यालेष्टिक मिसाइल परीक्षण

इस्लामाबाद । भारतसँग तनाव चुलिएको बेला पाकिस्तानले मध्यम रेन्जको मिसाईल परिक्षण गरेको छ ।

बुधबार राति गरिएको गजनबी नामक मिसाईलले जमिनदेखि जमिनमा २९० किलोमिटरसम्म प्रहार गर्न सक्छ ।

पाकिस्तानी सेनाका प्रवक्ता आसिफ गफूरले आज बिहीबार ट्विटरकार्पफत मिसाइल टेस्ट को जानकारी खिएका हुन्। गफूरले ट्वीट गर्दै गजनवी मिसाइल को परीक्षणपछि प्रधानमन्त्री र राष्ट्रपतिले बधाई दिएको बताएका छन् ।

पाकिस्तानले तीन महिना अघि शाहीन २ मिसाइलको परिक्षण गरेको थियो । जनवरिमा भने उसले नस्र मिसाईलको टेष्ट गरेको थियो ।

यो मिसाईलले छिमेकि देशको ब्यालेष्टिक मिसाइल डिफेन्सलाई ध्वस्त गर्ने क्षमता राख्ने पाकिस्तानि सेनाको दावी छ । भारत र पाकिस्तान दुबै आणविक शक्ति सम्पन्न देश हुन् ।

कमेन्ट गर्नुहोस्