श्रीलंकाविरुद्ध तेस्रो खेल खेल्दै नेपाल

काठमाडौंः  श्रीलंका भ्रमणमा रहेको नेपाली यू–१९ टिमले आफ्नो तेस्रो अभ्यास खेलमा शुक्रबार त्यहाँको चिलाव मारियन्सविरुद्ध खेल्दै छ । खेल नेपाली समय अनुसार १०ः१५ बजेदेखि सुरु हुनेछ ।

पहिलो अभ्यास खेलमा एसएससी यू–२३ सँग ३ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा भने बादुरेलिया सीसीविरुद्ध ८० रनको फराकिलो जीत हासिल गर्न सफल भयो । बादुरेलियामाथि सहज जीत हासिल गर्न ओपनर रित गौतम, हरिबहादुर चौहान र स्पिनर सागर ढकालले सानदार प्रदर्शन गरे ।

याे पनि पढ्नुस  नेपाललाई तेस्रो झड्का, ५४ रनमा आउट भए रित (अपडेट)

सेप्टेम्बर ५ देखि १४ सम्म हुने एसीसी यू–१९ एसिया कप खेल्नुअघि नेपालले श्रीलंकाका विभिन्न क्लबसँग अभ्यास खेल खेलिरहेको हो । यू–१९ एसिया कपमा नेपाल रहेको समूह ‘बी’ मा २ टेष्ट राष्ट्र श्रीलंका, बंगलादेशसहित यूएई छ ।

समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् । नेपालले समूह चरण अन्तर्गत सेप्टेम्बर ६ मा घरेलु टोली श्रीलंका, सेप्टेम्बर ८ मा बंगलादेश र अन्तिम खेल सेप्टेम्बर १० मा यूएईसँग खेल्ने छ । समूह ‘बी’ मा शीर्ष दुईमा रहन सक्ने टिम सेमिफाइनलमा प्रवेश गर्नेछ । नेपाल भदौ ७ गते श्रीलंका प्रस्थान गरेको थियो ।

याे पनि पढ्नुस  यू–१९ एसिया कपः नेपालद्वारा श्रीलंकालाई १६० रनको लक्ष्य

कमेन्ट गर्नुहोस्