सुडान घोटाला काण्डः नेपाल एजेन्ट भारती पक्राउ

काठमाडौं । प्रहरीले सुडान घोटाला काण्डमा मुछिएका नेपाल एजेन्ट शम्भु भारती पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) प्रमुख डिआईजी निरज शाहीका अनुसार भारतीलाई आज विहान भैंसेपाटीबाट पक्राउ गरिएको हो ।

विशेष अदालत काठमाडौंले सुडानको डार्फरमा तैनाथ नेपाली सुरक्षाकर्मीका लागि खरिद गरिएको एपीसीमा २८ करोड ४० लाख भ्रष्टाचार भएको ठहर गर्दै एस्युर्ड रिस्क कम्पनीका नेपाल एजेन्ट शम्भु भारतीसहित तीन पूर्व तथा वर्तमान प्रहरी अधिकारीसँग असुल गर्न निर्देशन दिएको थियो ।

विशेष अदालतले ठेकेदारका प्रतिनिधि शम्भु भारतीलाई एक वर्ष कैद र १४ करोड २० लाख जरिवाना हुने ठहर गरेको थियो । ठेकेदार भारतीको कैद र जरिवाना सर्वोच्चले पनि सदर गरिदिएको थियो । उनी त्यसयता फरारको सूचीमा रहेको थिए ।

सर्वोच्च अदालतले २०६४ को बहुचर्चित सुडान घोटाला प्रकरणलाई राष्ट्रिय लज्जाको विषय भनी व्याख्या गरेको थियो।

कमेन्ट गर्नुहोस्