नेपाललाई पहिलो सफलता, विष्फोटक श्रीलंकन ब्याट्सम्यान आउट

काठमाडौंः श्रीलंका भ्रमणमा रहेको नेपाली यू–१९ टिमले आफ्नो तेस्रो अभ्यास खेलमा चिलाव मारियन्सविरुद्ध टस जितेर बलिङ गरिरहेको छ ।

अघिल्ला खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले आज भने पहिला बलिङ रोजेको हो । यसैबीच नेपाललाई पहिलो सफलता मिलेको छ । नेपाललाई पहिलो सफलता १२.३ ओभरमा सूर्य तामाङले दिलाएका हुन् ।

श्रीलंकाले पहिलो विकेटका रुपमा दसुनलाई २६ रनमा गुमाएको छ । यो समाचार तयार पार्दासम्म श्रीलंकाले १५ ओभरमा १ विकेट गुमाएर ५५ रन बनाएको छ ।

याे पनि पढ्नुस  श्रीलंकन क्लबसँगको तेस्रो खेलमा नेपालको लज्जास्पद हार

पहिलो अभ्यास खेलमा एसएससी यू–२३ सँग ३ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा भने बादुरेलिया सीसीविरुद्ध ८० रनको फराकिलो जीत हासिल गर्न सफल भएको थियो । बादुरेलियामाथि सहज जीत हासिल गर्न ओपनर रित गौतम, हरिबहादुर चौहान र स्पिनर सागर ढकालले सानदार प्रदर्शन गरे ।

याे पनि पढ्नुस  श्रीलंकाविरुद्ध तेस्रो खेल खेल्दै नेपाल

सेप्टेम्बर ५ देखि १४ सम्म हुने एसीसी यू–१९ एसिया कप खेल्नुअघि नेपालले श्रीलंकाका विभिन्न क्लबसँग अभ्यास खेल खेलिरहेको हो । यू–१९ एसिया कपमा नेपाल रहेको समूह ‘बी’ मा २ टेष्ट राष्ट्र श्रीलंका, बंगलादेशसहित यूएई छ ।

समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् । नेपालले समूह चरण अन्तर्गत सेप्टेम्बर ६ मा घरेलु टोली श्रीलंका, सेप्टेम्बर ८ मा बंगलादेश र अन्तिम खेल सेप्टेम्बर १० मा यूएईसँग खेल्ने छ । समूह ‘बी’ मा शीर्ष दुईमा रहन सक्ने टिम सेमिफाइनलमा प्रवेश गर्नेछ । नेपाल भदौ ७ गते श्रीलंका प्रस्थान गरेको थियो ।

याे पनि पढ्नुस  दोस्रो खेलमा नेपालको खराब सुरुवात, पहिलो ओभरमै विकेट पतन

कमेन्ट गर्नुहोस्