Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपाल प्रहरीद्वारा हजारौंको संख्यामा दरखास्त आव्हान, कार्यालय सहयोगी मात्रै २३५ जना माग

काठमाडौंः  नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी र कर्मचारीका लागि दरखास्त आव्हान गरेको छ ।

नेपाल प्रहरीले शुक्रबार एक सूचना प्रकाशित गर्दै जनपद प्रहरीका लागि दरखास्त आव्हान गरेको हो ।

जनपदतर्फ ३ हजार ५ सय ९६ र कार्यालय सहयोगीमा २ सय ३५ जनाका लागि दरखास्त आह्वान गरिएको छ । प्रहरीजवानतर्फ खुला १ हजार ९ सय ३८ र बाँकी १ हजार ६ सय ५८ आरक्षण तथा समावेशी कोटाका लागि छुट्याइएको छ ।

त्यस्तै प्रहरी कार्यालय सहयोगीतर्फ भान्छे, हजाम, कूचिकार र खेलाडीका लागि दरखास्त आह्वान गरिएको छ । नेपाल प्रहरीले भान्छे, हजाम, कुचिकार र खेलाडी क्रमशः ९७, ६, ११ र १३ जनाका लागि दरखास्त आह्वान गरेको छ ।

जसअन्तर्गत भान्छेमा खुलातर्फ ९७ र बाँकी ८३ जना आरक्षित र समावेशी कोटाका लागि छुट्याइएको छ । हजामतर्फ ६ खुला र बाँकी ४ समावेशीका लागि कोटा निर्धारण गरिएको छ । कूचिकारतर्फ ११ खुला र ९ समावेशी तथा खेलाडीतर्फ १३ खुला र १२ समावेशी कोटा निर्धारण गरिएको छ ।

प्रतिस्पर्धीले भदौ ९ गतेदेखि असोज १३ गतेसम्म दरखास्त फाराम दर्ता गराउन सक्नेछन् । प्रहरी जवातर्फ उमेरको हद १८ वर्ष पूरा भई २३ वर्ष ननाघेको र बहालवालाको हकमा २५ वर्ष ननाघेको हुनुपर्नेछ। त्यस्तै प्रहरी कार्यालय सहयोगीका हकमा १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्नेछ ।

यसैगरी शैक्षिक योग्यताको हकमा प्रहरी जवानका लागि कम्तीमा ८ कक्षा उत्तीर्ण र प्रहरी कार्यालय सहयोगका लागि साधारण लेखपढ गर्न जान्ने हुनुपर्नेछ ।

निम्न स्थानमा दरखास्त फाराम पाउने र बुझाउन सकिनेछ–

१. महानगरीय प्रहरी परिसर, काठमाण्डौ

२. महानगरीय प्रहरी परिसर, भक्तपुर

३. महानगरीय प्रहरी परिसर, ललितपुर

४. १ नं. प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगर

५. २ नं. प्रदेश प्रहरी तालिम केन्द्र, जनकपुर (हाल राजविराज सप्तरी)

६. ३. नं. प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुली

७. गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, पोखरा

८. ५ . प्रदेश प्रहरी तालिम केन्द्र, बुटवल

९. कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, सुर्खेत (हाल नेपालगन्ज)

१०. सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र, दिपायल

११. सबै जिल्ला प्रहरी कार्यालय

१२. राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगन्ज काठमाडौं

कमेन्ट गर्नुहोस्

%d bloggers like this: