सुर्खेतको कट्कुवामा २३ वटा गाई मृत फेला

सुर्खेत ।  सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको कट्कुवा जंगलमा २३ वटा गाई मृत भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बाँकेको नेपालगञ्जबाट ट्रकमा राखेर दैलेख लैजादै गरेका गाई मृत भेटिएका हुन् ।

मृत गाई भेटिएको ठाउँमा १५० वटा जिवित गाई पनि भेटिएका छन् । गाई कसैले मारेर फालेको हो या आफै मरेका हुन् भन्ने खुलेको छैन । यसबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  सुर्खेतमा छाडा पशुको गणना शुरु

गाईको संख्या र कसले कहाँ लैजान लागेको हो भन्ने समेत खुलेको छैन ।

कमेन्ट गर्नुहोस्