सरकार असफल, विप्लवसँग एकता हुँदैन- मोहन बैद्य

बुटवल, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीसँग एकता नहुने बताएका छन् ।

बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बैद्यले कार्यनीतिकरुपमा विप्लवसँग मोर्चागत धु्रवीकरण हुनसक्ने भएपनि पार्टी एकताका लागि भने कुनै पहल नभएको बताएका हुन । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको समस्यालाई राजनीतिक ढङ्गबटै समाधान गर्नुपर्नेमा उनको जोड थियो ।

याे पनि पढ्नुस  चुनाव बहिष्कारको घोषणासँगै अर्ध भूमिगत बन्यो वैद्य माओवादी, कार्यालय नराख्ने

वैद्यले सरकारले समेत केही काम गर्न नसकेको भन्दै आलोचना गरे ।
“यो सरकारले कुनै काम गर्न सकेको छैन । केवल कम्युनिष्ट पार्टीको बदमान मात्र गराएको छ । सरकारले अनुभूति जनताले गरेका छैनन् ।’

उनले सरकारले केवल महँगी बढाउने काम मात्र गरको आरोप लगाए ।

याे पनि पढ्नुस  उपनिर्वाचन बहिष्कार गर्ने मोहन वैद्यको घोषणा

उनले सरकारको परराष्ट्र नीति निकै कमजोर भएको उल्लेख गर्दे चीनतर्फ जाँदा चीनसँग नजिक, भारततर्पm जादाँ भारतसँग नजिक अनि अमेरिका जादाँ अमेरिकासँग नजिक देखिने गरेको बताए ।

वैद्यले सरकारले मंसीर १४ गतेका लागि घोषणा गरेको उपनिर्वाचन बहिस्कार गर्ने निर्णय आफ्नो पार्टीले गरेको बताए । उनले चुनावलाई पार्टीले कार्यनीतिको प्रश्न मानेकोले यसलाई आवश्यकता अनुसार उपयोग गर्ने र उपयोग नगर्ने बताए । अहिलेको अवस्थामा उपयोग गर्दा फाइदा नहुने भएपछि बहिस्कार गर्ने रणनीति पार्टीले ल्याएको बताए ।

याे पनि पढ्नुस  क्रान्तिकारी माओवादीले उपनिर्वाचिन बहिष्कार गर्ने

 

कमेन्ट गर्नुहोस्