Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मलेसियामा रोजगारी खुलाउन भदौको २४ र २५ गते संयुक्त बैठक बस्ने

काठमाडौं : लामो समयदेखि बन्द रहेको नेपाली कामदारलाई मलेसियामा रोजगारी खुलाउने विषयमा दुवै देशका अधिकारीहरु भदौको अन्तिम साता संयुक्त बैठक बस्ने भएको छ । लामो समयसम्म विवाद देखिएको स्वास्थ्य संस्था सूचीकरणको विषयमा मलेसियाले लिखित जवाफ पठाएसँगै अब भदौको २४ र २५ गते दुवै देशका अधिकारीहरुबीच मलेसियाको क्वालालाम्पुरमा संयुक्त बैठक हुने भएको हो ।

करिब १५ महिनादेखि नेपाल कामदारका लागि मलेसियामा रोजगारी बन्द छ । यसअघि नेपाल र मलेसियाबीच गत वर्ष कात्तिक १२ गते श्रम सम्झौता भएको थियो । श्रम सम्झौतापछि हुन लागेको संयुक्त बैठक श्रम सम्झौतापछि पनि खुल्न नसकेको मलेसिया रोजगारी सुचारु गर्ने विषयमा केन्द्रित हुने बताइएको छ ।

श्रम सम्झौतामा नेपालीहरु मलेसिया जाँदा लाग्ने सबै खर्च रोजगारदाताले व्यहोर्ने र कामदार आपूर्ति गरे वापत कामदारले पाउने आधा महिना बराबरको तलब सेवा शुल्कका रुपमा मेनपावर कम्पनीले पाउने व्यवस्था सम्झौतामा उल्लेख छ।

मलेसियाले विगतमा स्वास्थ्य परीक्षण गर्दै आएका ३६ वटा संस्थाले स्वास्थ्य परीक्षण गर्ने र वार्षिक रूपमा अन्य संस्था थप्ने जानकारीसहितको पत्र नेपाली दूतावास मलेसियामार्फत परराष्ट्र मन्त्रालयलाई पठाएपछि संयुक्त बैठक बस्न लागेको हो । यसअघि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भने १२२ स्वास्थ्य संस्था सूचीकरण गरेको पत्र मलेसियालाई पठाएको थियो।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: