वामदेवको इच्छा भए कास्कीबाट उम्मेदवार- महासचिव पौडेल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव बिष्णु पौडेलले आगामी मंसीरमा हुनगइरहेको उपनिर्वाचनमा उपाध्यक्ष बामदेव गौतम चुनाव लडन सक्ने संकेत गरेका छन्।

गौतमले चाहना गरेको अवस्था र पार्टीले निर्णय भएमा रिक्त रहेको कास्कीबाट उपनिर्वाचनमा उम्मेद्वार बनाउन सकिने महासचिव पौडेलले खुलासा गरेका हुन्।

खालि भएका कुनै पनि स्थानीय, प्रदेश र संघमा हुने उपनिर्वाचनको विषयमा उम्मेदवारका सन्दर्भमा छलफल भएको छैन। वामदेव कमरेड आफैंले कुनै इच्छा वा आशय गर्नुभएको छैन,’ गौतमलाई प्रतिनिधिसभाका सदस्यमा रिक्त रहेको कास्कीमा उम्मेदवार बनाउन छलफल सुरु भयो भनिँदैछ, यथार्थ के हो ? भन्ने प्रश्नमा महासचिव पौडेलले भने, “समय नजिकिँदै जाँदा छलफल भई आवश्यक निर्णय हुनेछ। पार्टीले आवश्यक ठान्यो भने कामरेडलाई उठाउने निर्णय गर्न सक्छ। तर अहिलेसम्म उहाँले इच्छा व्यक्त गर्नुभएको पनि छैन। पार्टीले निर्णय गरेको पनि छैन।’

कमेन्ट गर्नुहोस्