Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपाल टेलिकम सिध्याउन खोज्नेविरुद्ध आजदेखि खबरदारी अभियान

काठमाडौं । सरकारी स्वामीत्वको नेपाल टेलिकम विस्तार धराशायी हुँदै गएको भन्दै नागरिकहरुले नेपाल टेलिकम बचाउ अभियान सुरु गर्ने भएका छन् । नागरिक अधिकार अभियानको आह्वानमा आज शुक्रबारदेखि अभियान शुरु हुन लागेको हो ।

भद्रकाली मन्दिर पछाडि नेपाल टेलिकमको कार्यालय आगाडि कार्यक्रम हुँदैछ । आयोजकका अनुसार खबरदारी सभा आज दिउँसो ३ बजेदेखि सुरु हुनेछ । नेपाल टेलिकमको खस्किँदो तथा गिर्दो अवस्था, दूरसंचार क्षेत्रमा हुने बेथिति तथा भ्रष्टाचार र नागरिक अधिकारको बिषयमा गैर राजनीतिक नागरिक खबरदारी तथा सचेतना कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ ।

खबरदारी सभामा डा. सुरेन्द्र केसी, सुकदेव भट्टराइ, वरिष्ठ अधिवक्ता ज्योति बानियाँ, पूर्व मिस नेपाल सुबिन लिम्बु, नागरिक अभियन्ताहरु हरिराम रिमाल, ज्ञानेन्द्र शाही लगायतले धारणा राख्नेछन् ।

सरकारी स्वामित्वको नेपाल टेलिकमको नाफा गत वर्ष ४२ प्रतिशतले घटेको वित्तिय विवरण सार्वजनिक भएको थियो ।

टेलिकमले सार्वजनिक गरेको गत वर्षको आर्थिक प्रतिवेदनमा कम्पनीको खुद नाफा ७ अर्बले कमी आएको छ । टेलिकमले आर्थिक वर्ष २०७४र७५ मा १७ अर्ब ४८ करोड नाफा कमाएकामा आर्थिक वर्ष २०७५/७६ मा नाफा घटेर १० अर्ब २० करोडमा घटेको छ ।

टेलिकमको नाफा मात्रै नभई आम्दानी पनि घटेको छ । गत आर्थिक वर्षमा टेलिकमलेकुल ४३ अर्ब ४८ करोड आम्दानी गरेको थियो । यसअघि टेलिकमको आम्दानी ४५ अर्ब २६ लाख थियो । टेलिकमको कुल आम्दानी घट्नुका साथै सेवाबाट प्राप्त हुने आम्दानी पनि घटदो अवस्थामा छ ।

टेलिकमको आम्दानी र नाफा घट्नुको प्रमुख कारण फोजी विस्तारमा ढिलाइ भएको विज्ञहरुको भनाइ छ । आफूभन्दा कम ग्राहक आधार भएको एनसेलको भन्दा टेलिकमको आम्दानी घट्दै जान थालेको छ ।

बढ्दो भ्रष्टाचारकै कारण टेलिकम पनि खस्किँदै गएकाले खबरदारी सभा गरेको आयोजकले जनाएको छ । कार्यक्रममा सहभागी हुन चाहनेले यहाँ क्लिक गर्न सक्नुहुनेछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: