ज्यान मार्ने उद्योगमा संलग्न अभियुक्त पक्राउ

काठमाडौं : ज्यान मार्ने उद्योगमा संलग्नको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक विशंखूपाखर गाउँपालिका–१ घर भई काठमाडौं बौद्ध बस्ने १९ वर्षका मनोज लामा हरेका छन् ।

मोरङ कानेपोखरी गाउँपालिका–६ घर भई हाल काठमाडौं हेपाली हाईट बस्ने ३६ वर्षका दिपक तामाङ टाउकोमा गहिरो चोट लागी बेहोस अवस्थामा फेला परेका थिए । तामाङलाई कुटपिट गरेको आरोपमा प्रहरीले लामालाई पक्राउ गरेको हो ।

उनले तामाङलाई कुटपिट गरेको स्वीकार गरेको महानगरीय अपराध महाशाखाका एसपी केदार ढकालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्