फेरि त्रिभुवन विमानस्थल ७ घण्टा बन्द हुँदै

काठमाडौंः  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फेरि ७ घन्टा विमानस्थल बन्द हुने भएको छ । धावनमार्ग लगायतका जिर्णोद्वार कार्यको दोस्रो चरणको काम आगामी आइतबार (सेप्टेम्बर १) देखि सुरु हुने भएपछि ७ घन्टा विमानस्थल बन्द हुने भएको हो ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीका अनुसार आइतबारदेखि राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल बन्द हुने छ । तर, नेपाल वायुसेवा निगमले बिहीबारदेखि सुरु गरेको जापानको ओसाका उडानका दिन विमानस्थल मर्मतको कार्य आधा घन्टा स्थगन गरिने छ।

याे पनि पढ्नुस  ३०७ यात्रु लिएर कतार एयरको विमान फर्कियो

‘निगमको उडान भएको दिन मंगलबार, बिहीबार र शनिबार राति २ बजे जिर्णोद्वार तथा मर्मत कार्य रोकिने छ,’ महाप्रबन्धक क्षत्रीले भने, ‘साढे २ बजे जहाज उडेपछि फेरि मर्मत सुचारु गरिने छ।’

नेपाल नागरिक उड्डयन प्राधिकरण मातहतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका अनुसार, विमानस्थल रिह्याबिलिटेसन (जिर्णोद्वार) को काम भदौ १५ देखि सुरु भई पुस १५ गतेसम्म सञ्चालन हुने छ। यस अवधिमा ७ घन्टा विमानस्थल बन्द हुने छ। दोस्रो चरणमा धावनमार्गको मध्यरेखामा लाइट राख्ने, ट्याक्सी-वे, एप्रोन र धावनमार्ग जोड्ने लिंक रोड, धावनमार्गसँग जोडिएका ड्रेन र्ममर्त आदिको काम हुने छ।

कमेन्ट गर्नुहोस्