नेपालका राजदूत आचार्यद्वारा भारतीय रक्षामन्त्रीसँग भेट

काठमाडौं । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग शिष्टाचार भेट गरेका छन् ।

शुक्रबार नयाँ दिल्लीमा गरिएको भेटमा उनीहरुबीच नेपाल-भारत सम्बन्धको चर्चा गर्दै दुई देशको सम्बन्ध अझ सबल बनाउने विषयमा छलफल भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

कमेन्ट गर्नुहोस्