रवि र अंगुर जिसीलाई कारवाहीको माग गर्दै अदालतमा निवेदन

कञ्चनपुर : सञ्चारकर्मी रवि लामिछानेविरुद्ध कञ्चनपुर जिल्ला अदालतमा निवेदन दर्ता भएको छ । लामिछानेसहित उनले कार्यक्रम सञ्चालन गर्ने न्यूज २४ टेलिभिजन र निर्मला पन्त प्रकरणमा अनुसन्धानमा लापरवाही गरेको भन्दै बर्खास्त केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी नायब उपरीक्षक अङ्गुर जिसीविरुद्ध निवेदन दर्ता भएको छ।

याे पनि पढ्नुस  रवि लामिछाने पत्नी निकितामाथि पनि छानबिन हुने

लामिछाने, न्यूज २४ टेलिभिजन र जिसीविरुद्ध दिलिप बिष्टका दाई खड्क बिष्टले निवेदन दर्ता गरेको अदालतले जनाएको छ । जिसि लगायतको टोलीले निर्मलाको हत्या र बलात्कारमा दिलिपसिंह विष्ट संलग्न रहेको भन्दै सार्वजनिक गरेको थियो । मुद्दाको अनुसन्धान जारी रहेका बेला जिसिले लामिछाने प्रस्तोता रहेको न्यूज २४ टेलिभिजनबाट प्रसारण हुने ‘सिधा कुरा जनतासंग’ कार्यक्रममा दिलिप सिंह विष्ट नै दोषी रहेको दाबी गरेका थिए ।

याे पनि पढ्नुस  अदालत लगिए रवि लामिछाने

न्यूज २४ टेलिभिजनका प्रस्तोता लामिछानेले ‘सिधा कुरा जनतासंग’ कार्यक्रममा निर्मला पन्त घटनाबारे मुद्धा चलिरहेकी अवस्थामा बर्खास्त जिसीको अन्तरवार्ता लिएर अदालतको मानहानी गरेको भन्दै निवेदन दर्ता भएको जिल्ला अदालत कञ्चनपुरका श्रेष्तदार हरिकृष्ण अवस्थीले जानकारी दिए ।

आईतबार सुदूरपश्चिम प्रदेशमा सार्वजनिक विदा परेका कारण सोमवार उक्त निवेदन न्यायाधीस समक्ष पेश हुनेछ । त्यसपछि उक्त निवेदनबारेको प्रक्रिया अगाडि बढने उनले बताए ।

कमेन्ट गर्नुहोस्