आज पनि नेपालको खराब सुरुवात, सस्तैमा आउट भए पवन

काठमाडौंः श्रीलंकाको चिलाव मारियन्सले दिएको २२५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालको यू–१९ टिमले पहिलो विकेट सस्तैमा गुमाएको छ ।

नेपालले पहिलो विकेटका रुपमा २.१ ओभरमा पवन सराफलाई गुमायो । उनी २ चौकाको मद्दतमा ७ बलमा १२ रन बनाएर आउट भए । यो समाचार तयार पार्दासम्म नेपालले ७ मा एक विकेट गुमाएर ४६ रन जाेडेकाे छ । अहिले क्रिजमा रित गौतम (२२) र आशिफ शेख (१२) छन् ।

याे पनि पढ्नुस  नेपाललाई पहिलो सफलता, विष्फोटक श्रीलंकन ब्याट्सम्यान आउट

यसअघि टस हारेर ब्याटिङको मौका पाएको श्रीलंकन क्लब मारियन्सले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२४ रन बनायो ।

बलिङमा नेपालका सूर्य तामाङ, पवन सराफले २-२, सागर ढकाल, कमलसिंह ऐरी, राशिद खानले एक-एक विकेट लिए । नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ ।

पहिलो अभ्यास खेलमा एसएससी यू–२३ सँग ३ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा भने बादुरेलिया सीसीविरुद्ध ८० रनको फराकिलो जीत हासिल गर्न सफल भएको थियो ।

याे पनि पढ्नुस  श्रीलंकाको चौथो विकेट गुम्यो, पवनलाई पहिलो सफलता

बादुरेलियामाथि सहज जीत हासिल गर्न ओपनर रित गौतम, हरिबहादुर चौहान र स्पिनर सागर ढकालले सानदार प्रदर्शन गरे ।

सेप्टेम्बर ५ देखि १४ सम्म हुने एसीसी यू–१९ एसिया कप खेल्नुअघि नेपालले श्रीलंकाका विभिन्न क्लबसँग अभ्यास खेल खेलिरहेको हो । यू–१९ एसिया कपमा नेपाल रहेको समूह ‘बी’ मा २ टेष्ट राष्ट्र श्रीलंका, बंगलादेशसहित यूएई छ ।

याे पनि पढ्नुस  यू–१९ एसिया कपः बंगलादेशविरुद्ध पवनको अर्धशतक पूरा

समूह ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् । नेपालले समूह चरण अन्तर्गत सेप्टेम्बर ६ मा घरेलु टोली श्रीलंका, सेप्टेम्बर ८ मा बंगलादेश र अन्तिम खेल सेप्टेम्बर १० मा यूएईसँग खेल्ने छ ।

समूह ‘बी’ मा शीर्ष दुईमा रहन सक्ने टिम सेमिफाइनलमा प्रवेश गर्नेछ । नेपाल भदौ ७ गते श्रीलंका प्रस्थान गरेको थियो ।

कमेन्ट गर्नुहोस्