कञ्चनपुरमा जन्मियो अनौठो शिशु

महेन्द्रनगरः कञ्चनपुरमा अनौठो शिशुको जन्म भएको छ । जिल्लाको बेल्डाँडी गाउँपालिका–४ मा २६ वर्षीया महिलाले अनौठो शिशुको जन्म दिएकी हुन् । गयराति ती महिलाई अस्पताल लैजाने क्रममा बाटोमा नै शिशु जन्मिएकी थिईन्।

बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्र पुगेकी आमालाई स्वास्थ्य केन्द्रले सेती अस्पताल धनगढी रेफर गरेको थियो। आमाको अवस्था गम्भीर रहेको भन्दै स्वास्थ्य केन्द्रले सेती अस्पतालमा रेफर गरेपछि बाटोमा शिशु जन्मिएको हो।

याे पनि पढ्नुस  कञ्चनपुरमा आइतबार बढी अपराध !

बच्चाको आँखा खुलेका छैनन् मुख ठुलो भएको छ भने कान फरक, खुट्टा लगायत पूरै शारीरिकको बनावट फरक रहेको छ। अहिले बच्चाको स्वास्थ्य अवस्था समान्य रहेको छ। शुक्रबार बिहानैदेखि बच्चा हेर्नेको भीड लागेको स्थानीयले जनाएका छन्।

कमेन्ट गर्नुहोस्