Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अछाममा जिप दुर्घटनाः २ जनाको मृत्यु, ५ घाइते

अछामः जिल्लाको मेल्लेख गाउँपालिकाका- ७ नन्देगडामा जिप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।

साँफेवगरबाट मेल्लेख गाउँपालिकाको कुस्कोटको लागि छुटेको यात्रुवाहक जिप नन्देगडा बजार नजिकै दुर्घटना हुँदा २ जनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा मेल्लेख गाउँपालिका वडा नम्वर ७ नन्देगडा चित्रवडाका कौशी साउँद र सोही ठाउँका किथ्थी साउँद रहेको मेल्लेख गाउँपालिका वडा नम्वर ७ का वडा अध्यक्ष नरवहादुर साउदले जानकारी दिए। दुर्घटनामा ५ जना घाइते भएका छन् ।

साँफेवगरबाट मेल्लेख जादै गरेको से १ ज ९८६ नम्वर को जीप दुर्घटना भएको हो। दुर्घटना के कारणले भयो भन्नेबारेमा अनुसन्धान भइरहेको अछाम प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: