सन्यास घोषणा गरेको ५८ दिनपछि फेरि खेल्छु भन्न थाले यी क्रिकेटर

काठमाडौंः  केही दिन अघि क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका भारतीय क्रिकेटर अम्बाती रायडूले सन्यास फिर्ता लिएको घोषणा गरेका छन् । रायडूले आफ्नो घोषणा ‘भावुक’ निर्णय भएको भन्दै सन्यास घोषणा गरेको ५८ दिनपछि फेरि राष्ट्रिय टीममा फर्किन चाहेको बताएका छन् ।

रायडूले विश्वकप २०१९ मा छनौट नभएको झोंकमा क्रिकेटबाट सन्यास लिएको धेरैको अनुमान थियो । उनले आउने आइपिएलमा हैदराबादबाट खेल्ने बताए ।

उनले आफ्नो हालको आइपिएल टीम चेन्नई सुपर किंग्स, र दिग्गज भारतीय खेलाडी भिभिएस लक्ष्मणप्रति धन्यवाद व्यक्त गर्दै आफूले पाएको समर्थनले आफूभित्र अझै धेरै क्रिकेट बाँकी रहेको लागेको बताए ।

उनी आगामी आइपिएलका लागि हैदराबादका लागि अनुबन्धित भएका छन् । हैदराबद्का प्रमुख चयनकर्ता नोएल डेभिडले अम्बातीभित्र अझै धेरै क्रिकेट बान्द्की रहेको र उनले अझै कमसे कम पाँच वर्ष खेल्न सक्ने बताए । उनले भने, “रायडूले हाम्रा खेलाडीलाई धेरै सिकाउन सक्छन् ।”

छ महिना अगाडिसम्म रायडू भारतीय टीमको महत्वपूर्ण सदस्य थिए । उनी भारतीय टीमका लागि चौथो नम्बरको सबैभन्दा राम्रो विकल्पका रूपमा थिए । तर विश्वकपका लागि भारतीय टीमको घोषणा हुँदा उनको सत्तामा विजयशंकरले स्थान [पाएपछि उनले एकाएक क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।

उनले भारतका लागि ५५ एकदिवसीय खेल खेलेका छन् । त्यसमा उनले ४७.०५ को औसतमा १६९४ रन बनाएका छन् । उनले खेलेका छ टी-१० मा उनले जम्मा ४२ रन जोडेका छन् ।

उनको सन्यास लिने घोषणामा पूर्व भारतीय कप्तान महेन्द्र धोनीको  विभेदकारी नीति रहेको भन्दै अर्का पूर्व भारतीय क्रिकेटर युवराज सिंहका पिताले आक्रोश समेत पोखेका थिए ।

कमेन्ट गर्नुहोस्