पूर्वप्रधानमन्त्री चन्दको कविता संग्रह ‘स्प्रिङः एन एडेप्ट डाइरेक्टर’ विमोचन

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा मदन पुरस्कार विजेता लोकेन्द्र बहादुर चन्दको ‘स्प्रिङः एन एडेप्ट डाइरेक्टर’ नामक कविता संग्रह विमोचन गरिएकाे छ ।

पूर्वराष्ट्रपति रामवरण यादवले शुक्रबार आयोजित एक कार्यक्रममा चन्दको कविता संग्रह विमोचन गरे ।

पुस्तक विमोचन समारोहमा पूर्वप्रधानमन्त्री चन्दले आफूले सधै साहित्यलाई माया गर्ने बताए । ‘म पहिलेदेखि नै साहित्यलाई माया गर्दै आएको छु र अझै पनि गरिरहेको छु,’ उनले भने, ‘त्यसैले कविता संग्रहमा पनि मैले राजनीतिसम्बन्धी कविता समावेश छैन । विशुद्ध अन्य क्षेत्रसँग कविता मात्रै छन् ।’

उनले कविता पढेर सुझाव, सल्लाह दिन पाठकलाई आग्रह गरेका छन् । कवितामा चन्दले जन्मभूमि सुदूरपश्चिमको वस्तुस्थितिबारे पनि चित्रण गरेका छन् ।

कविता संग्रहमाथि बोल्दै समालोचक महेश पौडेलले राजनीतिज्ञ व्यक्तिमा साहित्यप्रति भावनात्मक गहिराई रहेको भन्दै प्रसंशा गरे ।

ब्रोसिस प्रकाशनले बजारमा ल्याएको कविता अंग्रेजी भाषामा प्रकाशित गरिएको छ ।

कमेन्ट गर्नुहोस्