अध्यक्ष प्रचण्ड भेटेर सामन्त तथा सुदखाेर पीडित महिलाहरु रुन थालेपछि.. (भिडियाे)

काठमाडौंः “त्याे पापीले १२ वर्षकाे केटि खाेजेर ल्या, अनि तेराे कागज फिर्ता गर्छु भन्याे…।” याे भन्दा बढी उनी बाेल्न सकिनन् । उनकाे हिक्का छुट्याे । उनीसँग अरु दुई दर्जन बढी महिलाहरु पनि रुन थाले ।

याे दृश्य थियाे प्रचण्ड निवास खुकलटारकाे । जहाँ गणतन्त्र वामपन्थि पार्टीकाे दुई तिहाई बहुमत भएकाे सरकार हुँदा समेत सामन्तले सताएका महिलाहरु अध्यक्षसँग गुनासाे पाेख्न जम्मा भएका थिए ।

एकजनाकाे हिक्का छुटेसँगै अर्की महिलाले रुँदै सामन्तले आफूमाथि हातपात गर्न खाेजेकाे बताईन । “त्यसले मेराे कपडामा हात हाल्न खाेज्याे । अब बरु मछाै तर त्यसलाई कार्वाहि नभई घर फर्किदैनाै ।” उनले भनिन ।

यता प्रचण्डकाे मुहार परिवर्तन हुँदै थियाे । लगत्तै उनले भने पनि, “हामी त धेरै उन्नत चरणमा पुग्याै भन्ठानेका थियाैं तर तपाईहरुले त मध्ययुगीन दास रसामनेतकाे अवस्था वर्णन गर्नुभयाे । हामी राज्यका जिम्मेवार निकायसँग छलफल गर्छाै । तपाईंहरुले न्याय पाउनुहुनेछ ।”

पीडितहरुको कुरा सुनिसकेपछि जवाफमा प्रचण्डले भोलि नै गृहमन्त्री, महान्यायाधिवक्ता, प्रहरी महानिरिक्षक, कानूनविद लगायतसँग छलफल गरेर कानूनी रुपमा के गर्न सकिन्छ एउटा निर्णय गरेर न्याय दिने बताए ।

निमुखाहरुलाई ठगी गर्ने श्यामकृष्ण शाह उर्फ श्याम परदेशीलाई तत्काल कारबाहीको लागी आवश्यक कदम चाल्ने र अन्यायमा परेका निमुखाहरुलाई न्याय दिने अध्यक्ष प्रचण्डले प्रतिबद्धता जनाएको अनरास्ववियू केन्द्रीय सदस्य समिर बुढाथोकीले जानकारी दिए ।

यसअघि आज बिहान उनीहरुले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेटेर ज्ञापनपत्र बुझाउँदै न्यायको माग गरेका थिए । गृहमन्त्री थापाले यसबारेमा अनुसन्धान गरेर अन्यायीलाई कारवाही गर्ने र पीडितलाई न्याय दिने बताएको बुढाथोकीले जानकारी दिए । बिहिबार साँझ उनीहरुले माइतीघर मण्डलामा धर्ना समेत दिएका थिए ।

१ सय ५० भन्दा बढीलाई ऋण दिँदै श्यामकृष्णले ठगेपछि पीडितहरु न्यायको माग गर्दै काठमाडौं आएका हुन् । सर्लाहीको साविक पिपरिया गाविस स्थायी घर भै हाल मलङ्गवा नगरपालिका वडा नं. ४ बस्ने श्याम परदेशी भनिने श्यामकृष्ण साहले सर्लाही लगायतका विभिन्न ठाँउका विपन्न सोझा साझा, अशिक्षित, गरिव निमुखा व्यक्तिहरुलाई ऋण लगानी गर्ने र जाली तमसुक बनाई लाखौ रुपैयाँ ठगी गर्ने गरेको पीडितहरुले आरोप लगाएका छन् ।

हालसम्म १ सय ५० जना व्यक्तिलाई १ करोड ९ लाख ५१ हजार साँवा दिएकोमा श्याम परदेशीले १ करोड ४७ लाख ४ हजार रकम लिइसकेको र अझै ७ करोड रकम तिर्नुपर्ने दावी गरेका छन् । पीडितहरुले श्याम परदेशी पीडित संघर्ष समिति नै बनाएर आन्दोलन थालेका छन् । उनीहरुको आन्दोलनमा विभिन्न दलका सांसद तथा पूर्वमन्त्रीहरुले समेत साथ दिएका छन् ।

अनि हिक्का छुट्याे, थामिएन अाँसु । याे युगमा पनि जमिन्दारकाे यस्ताे शाेषण । ३ सय परिवारकाे बिचल्ली ! खुमलटारमा सर्लाहिका महिलाहरु अध्यक्ष प्रचण्डकहाँ पुग अाफ्नाे पीडा सुनाउन । अन्तिमसम्म हेर्नुस।।

Posted by Everest Dainik on Friday, August 30, 2019

 

कमेन्ट गर्नुहोस्