१४० किलोका क्रोनवालले रचे इतिहास, भारतविरुद्ध डेब्यू

काठमाडौंः भारतसँगको टेस्ट क्रिकेट सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिजका सर्बाधिक तौल भएका रहकीम क्रोनवालले डेब्यू गर्दै नयाँ कीर्तिमान बनाएका छन् । उनी सबैभन्दा बढी तौल भएका क्रिकेटर हुन् । क्रोनवालको तौल १४० किलो छ । उनी अलराउन्डर हुन् ।

अहिलेसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा १२० भन्दा बढी तौल भएको क्रिकेटरले खेलेका थिएनन् । रहकीमको उचाई ६ फिट ५ इन्च छ । सिरिजको दोस्रो तथा अन्तिम खेलमा वेस्ट इन्डिजले टस जितेर बलिङ रोजेको छ ।

यी दुई टिमबीचको खेल नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि सुरु हुँदैछ । पहिलो टेस्टमा कीर्तिमानी जीत हासिल गरेको भारत यो सिरिज पनि क्लिन स्विप गर्न चाहन्छ ।

यता वेस्ट इन्डिज भने यो खेल जितेर सिरिज बराबरी बनाउने योजनामा छ । दोस्रो खेलमा प्लेइङ ११ मा कोकोले पाए मौका? हेर्नुस्

कमेन्ट गर्नुहोस्