पूर्वमन्त्री नेपालीको निधन

जनकपुरधाम । पूर्वमन्त्री गणेश नेपालीको शुक्रबार साँझ निधन भएको छ ।

लामो समयदेखि क्यान्सर रोगबाट पीडित नेपालीको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनी ७६ बर्षका थिए ।

२०६६ सालमा तत्कालिन तराई मधेश लोकतान्त्रिक पार्टीबाट उनी युवा तथा खेलकुद मन्त्री बनेका थिए । उनी हाल राजपाका केन्द्रीय सदस्य पदमा थिए । महोत्तरी सदरमुकाम जलेश्वर २ निवासी उनको आफ्नै घरमा निधन भएको हो ।

लामो समय नेपाली कांग्रेसबाट राजनीति गरेका उनी पञ्चायतकालमा कांग्रेसका जिल्ला अध्यक्ष थिए । त्यही समय उनकी पत्नी महिला संघको र छोरा बजरंग नेविसंघको जिल्ला अध्यक्ष रहेका थिए ।

कमेन्ट गर्नुहोस्