नेकपाको सर्कुलरः नीति–नेतृत्वविरुद्ध सार्वजनिक रूपमा नबोल्नू (पूर्णपाठसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अन्तरपार्टी निर्देशन–२’ जारी गर्दै नेता र कार्यकर्तालाई सार्वजनिक रूपमा पार्टी नीति र नेतृत्वविरुद्ध नबोल्ने निर्देशन दिएको छ। अध्यक्ष प्रचण्डले शुक्रबार जारी गरेको अन्तरपार्टी निर्देशनमा पार्टीका नीति र नेतृत्वका बारेमा सार्वजनिक रूपमा आलोचना र विरोध नगर्ने निर्देशन दिएको हो।

उक्त निर्देशनमा भनिएको छ, ‘पार्टीका सबै तहका नेता, कार्यकर्ता तथा सदस्यहरूलाई पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा असहमति, आलोचना वा विरोध भएमा पार्टी विधानको व्यवस्था बमोजिम प्रस्तुत हुन, अन्तरपार्टी जनवादको भरपुर उपभोग गर्न र पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा सार्वजनिक रूपमा विरोध वा आलोचना नगर्न निर्देशित गरेको छ’, जेठ २ गतेदेखि भदौ ५ गतेसम्म अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको अध्यक्षतामा र भदौ ९ गते अध्यक्ष प्रचण्डको अध्यक्षतामा सम्पन्न केन्द्रीय सचिवालय बैठकका निर्णयहरूका आधारमा जारी गरिएको भनिएको अन्तरपार्टी निर्देशन –२ अगाडि भनिएको छ, ‘पार्टीको नीति एवं नेतृत्वका विरुद्धमा लेख्ने, बोल्ने वा गतिविधि गर्नेहरूप्रति पार्टी विधानबमोजिम स्पष्टीकरण सोध्ने र कारबाहीको प्रक्रिया अघि बढाउने पनि निर्णय गरेको छ ।

 

सर्कुलरकाे पाठ याे लिंकमा छ ।

nepal communist party

भदौ ९ गते बसेको सचिवालय बैठकले पार्टी नीति र नेतृत्वविरुद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिने नेता र कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेको थियो। पार्टीको नीति र नेतृत्वविरुद्ध बोल्ने नेताहरूलाई कारबाही गर्नुपर्ने दबाब नेता– कार्यकर्ताबाट नेकपाको शीर्ष नेतृत्वमा परेपछि यस्तो निर्णय भएको हो।

कमेन्ट गर्नुहोस्