चम्किँए १४० किलाेका यी क्रिकेटर, डेब्यू खेलमै लिए भारतको महत्वपूर्ण विकेट

काठमाडौंः भारतसँगको टेस्ट क्रिकेट सिरिजको अन्तिम खेलमा डेब्यू गरेका वेस्ट इन्डिजका सर्बाधिक तौल भएका क्रिकेटर रहकीम क्रोनवालले पहिलो अन्तर्राष्ट्रिय विकेट लिएका छन् ।

उनले आफ्नो तेस्रो ओभरको पाँचौ बलमा चेतेश्वर पुजाराको विकेट लिएका हुन् । रहकीम सबैभन्दा बढी तौल भएका क्रिकेटर हुन् । अलराउन्डर क्रोनवालको तौल १४० किलो छ ।

उनको उचाई ६ फिट ५ इन्च छ । सिरिजको दोस्रो तथा अन्तिम खेलमा वेस्ट इन्डिजले टस जितेर बलिङ गरिरहेको छ ।  भारतले पहिलो दिनमा ९० ओभरमा ५ विकेट गुमाएर २२६ रन बनाएको छ ।

यो अवस्थामा पुर्याउन कप्तान विराट कोहलीले ७६, मंक अग्रवालले ५५, अजिंक्य रहाणेले २४, केएल राहुलले १३, चेतेश्वर पुजाराले ६ रनको योगदान दिए । यस्तै हनुमा बिहारी ४२ र ऋषभ पन्त २७ रनमा नट आउट छन् ।

बलिङमा वेस्ट इन्डिजका कप्तान जसन होल्डरले ३, रहकम कोर्नवाल र केमार रोचले एक–एक विकेट लिए ।  क्रोनवालले २७ ओभरमा ८ मेडनसहित ६९ रन दिएर महत्वपूर्ण एक विकेट लिन सफल भए ।

पहिलो टेस्टमा कीर्तिमानी जीत हासिल गरेको भारत यो सिरिज पनि क्लिन स्विप गर्न चाहन्छ ।

यता वेस्ट इन्डिज भने यो खेल जितेर सिरिज बराबरी बनाउने योजनामा छ । दोस्रो खेलमा प्लेइङ ११ मा कोकोले पाए मौका? हेर्नुस्–

कमेन्ट गर्नुहोस्