मुख्यमन्त्री राई भन्छन्, ‘भ्रष्टाचारीलाई एक घण्टाभित्र कारवाही हुन्छ’

माेरङ ।  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कर्मचारीतन्त्रमा कसैले भ्रष्टाचार गरेको जानकारी प्राप्त भएमा एक घण्टाभित्र कारवाही गर्ने बताए। सुशासन तथा योजना समितिद्वारा यहाँ आज आयोजित अन्तक्र्रियामा उनले प्रदेशका जनताका काममा ढिलासुस्ती र भ्रष्टाचार निर्मूल गर्ने कार्यमा आफू सदैव अगाडि रहने बताए।

मुख्यमन्त्री राईले मुलुकमा सुशासन र समृद्धि कायम गर्न जनअपेक्षाअनुसार काम हुनुपर्नेमा जोड दिए। उनले भने,’सोचअनुसार काम हुन नसक्दा जनतामा नैरश्यता छाएको छ।’ जनप्रतिनिधिप्रति जनताका ठूलो विश्वास र भरोसा छ भन्दै उनले जनतालाई केन्द्रविन्दुमा राखी आफ्ना कार्यशैली र व्यवहारमा परिवर्तन गर्न सुझाव दिए।

सभामुख प्रदीपकुमार भण्डारीले मुलुकमा सुशासन र समृद्धि कायम गर्न तीन तहको सरकार एकजुट हुनुपर्नेमा जोड दिँदै संविधानले दिएको मौलिक अधिकार पाउनु जनताका नैसर्गिक अधिकार भएको धारणा व्यक्त गरे।

संस्थागत र सामुदायिक विद्यालयबीचको विभेद अन्त्य गरिने
राष्ट्रिय परीक्षा वोर्डबाट कक्षा १२ को विज्ञान संकायमा नेपाल प्रथम भएका ‘अर्किड’ कलेज विराटनगरका निश्चल गुरागाइँलाई आज यहाँ सम्मान गरिएको छ। कलेजले आज यहाँ आयोजित कार्यक्रममा गुरागाईँलाई नगद १ लाखसहित ताम्रपत्रले सम्मान गरेको छ। उक्त परीक्षामा गरागाईँले ३.९२ जिपिए ल्याएका भएका थिए।

प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले गुरागाईलाई सम्मान गर्दै संस्थाग विद्यालय बन्द हुने हल्ला मात्र भएको बताउँदै सरकारी विद्यालयसँग प्रतिस्पर्धा गराउँने बताए। उनले संस्थागत र सरकारी विद्यालयबीच रहेको विभेद् अन्त्य गरी सहजीकरण गर्ने जानकारी दिए। मन्त्री कार्कीले सगरमाथा टिन्स क्लव अर्किडका विद्यार्थीलाई व्याच वितरण गरे।

कमेन्ट गर्नुहोस्