Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

गृहमन्त्रीका राजनीतिक सल्लाहकार भन्छन्- भिडियाे कन्फ्रेन्सिङबाट क्याबिनेट बैठक बस्न मिल्दैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अाेलीले सिङ्गापुरबाटै भिडियाे कन्फ्रेन्समार्फत क्याबिनेट बैठक बसालेकाे विवाद चलिरहेकाे बेला गृहमन्त्रीका राजनीतिक सल्लाहकारले कानुनिरुपमा समेत यस्ताे बैठक बस्न नसक्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदी ‘पथिक’ले कार्यवाहक प्रधानमन्त्री ताेकिसकेकाे अवस्थामा फेरि प्रधानमन्त्रीले नै बैठककाे अध्यक्षता गर्ने हाे भने यसले कानुनि जटिलता निम्त्याउने उल्लेख गरेका छन् ।

पढनुस, सुवेदीकाे स्टाटस

प्रम अलिदिन बिदेश उपचारमा बस्ने भएपछी आफ्नो क्याबिनेटसंग नियमित जोडिन र निर्णयहरुको नेतृत्व गर्न भिडियो कन्फ्रेन्सको माध्यमबाट हुन्छ भन्ने लागेरनै सोही अनुसार नियमहरु बनेको थियो ।

तर मुख्य तीन कारणले यो रुपमा क्याबिनेट बस्न नमिल्ने देखियो ।पहिलो बिदेश भ्रमण हुँदा कार्यवाहक प्रम बिधिवत बनाइसकेपछी उक्त कन्फ्रेन्स कस्को अध्यक्षता बस्ने कानुनी जटिलता देखियो ।

दोस्रो यसप्रकारको कन्फ्रेन्सका निर्णयहरुको आधिकारिकता कति बन्ने भोलि कानुनी जटिलतामा सरकार फस्ने पो होकि भन्ने देखा पर्यो।
तेस्रो प्रविधी कति सुरक्षित हुन्छ ? गम्भीर भन्दा गम्भीर बिषय हरु क्याबिनेटमा प्रवेश गर्दा प्रविधिले अपराध गर्यो भने भन्ने भय ।

यी कारणले प्रमलाइ बिर्फिङ गर्न र निर्देशन लिन त मिल्ने तर बैठक नै भने गर्न नमिल्ने निष्कर्ष देखिन्छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: