Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

गाई मारेको आरोपमा फर्म सञ्चालक पक्राउ

भक्तपुर । आफ्नै फर्ममा पालेको गाई मार्ने एक व्यवसायीलाई भक्तपुर प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरले चाँगुनारायण नगरपालिका ७ वागेश्वरी महादेवस्थानमा गाई फर्म सञ्चालन गर्दै आएका सिन्धुपाल्चोक घर भएका २५ वर्षीय चिरन पुरीलाई गाई मारेको आरोपमा नियन्त्रणमा लिएको हो।

मादकपदार्थ सेवन गरेको अवस्थामा आफ्नै फर्ममा रहेको एउटा गाईलाई बिहीबार काठको चिर्पट र कोदालोले टाउकोमा प्रहार गरी हत्या गरेको आरोप उनीमाथि छ।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले स्थानीयले गौहत्या गरेको भन्ने खबर गरेलगत्तै घटनास्थलमा खटिएको महानगरीय प्रहरी प्रभाग खरिपाटीको टोलीले पुरीलाई नियन्त्रणमा लिएको जानकारी दिए।

उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरमा राखी पशुपक्षीसम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको उनले बताए।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: