डा. केसी सुदूरपश्चिमका पहाडी जिल्लाको भ्रमणमा

डडेल्धुरा । स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता एंव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका बरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा. गोविन्द केसी अहिले सुदूरपश्चिमपश्चिम प्रदेशका पहाडी जिल्लाहरुको भ्रमणमा रहेका छन् ।

पहाडी जिल्ला डोटीको भ्रमण सकेर बिहीबार बिहान डडेल्धुरा पुगेका डा. केसीले डडेल्धुरा अस्पतालको अवलोकन गरेका छन् ।

याे पनि पढ्नुस  डा. केसी सत्याग्रहको तयारीमा

बुधबार डोटी जिल्ला अस्पतालको अवलोकन गरेका उनी एक्लै सुदूरपश्चिमका पहाडी जिल्लाको अवलोकनमा निस्किएका हुन्।

डा. केसीले डडेल्धुरामा केही दिन बिताउने जनाएका छन् । आफ्नो भ्रमण बारे डा. केसीले केही खुलाएका छैनन् । उनले आफू पर्यटकका रुपमा सुदूरपश्चिम आएको संक्षिप्त प्रतिक्रिया दिने गरेका छन् ।

याे पनि पढ्नुस  डा. केसी सत्याग्रहको तयारीमा

डडेल्धुरा अस्पताल पुगेर उनले अस्पतालको वस्तुस्थिति, बिरामीहरूको अवस्था नियालेको र सामान्य रुपमा यहाँको जनस्वास्थ्यका सवालमा कुराकानी गरेको अस्पताल स्रोतले जनाएको छ ।

डा. केसी लामो समयदेखि चिकित्सा क्षेत्र सुधारको अभियानमा छन् । चिकित्सा क्षेत्र सुधारको माग गर्दै उनी पटक–पटक अनशन बसिसकेका छन् ।

याे पनि पढ्नुस  डा. केसी सत्याग्रहको तयारीमा

दुर्गममा पनि मेडिकल कलेज खुल्नुपर्ने माग राख्दै आएका डा. केसी सुदूरपश्चिमको डोटी–डडेल्धुरामा मेडिकल कलेज खोल्नुपर्ने माग राख्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्