पुल भत्किँदा बस खोँचमा खस्यो, २४ जनाको मृत्यु

पेशावर । पाकिस्तानको खैबर पख्तुख्वा प्रान्तमा एउटा कमजोर पुल ढल्न पुग्दा २४ जनाको मृत्यु भएको छ ।

जीर्ण अवस्थामा रहेको पुलबाट गइरहेको बस खोंचमा खसेपछि दुर्घटना भएको थियो । कोहिस्तानका डेपुटी कमिश्नर राजा अब्दूल साबूरका अनुसार, बगरा क्षेत्रमा घटना भएको थियो । बसमा एउटा कार्यक्रममा गइरहेका नाताकुटुम्ब मात्रै रहेको बताइन्छ ।

बागरुबाट कन्दिला गइरहेको बेला बगरामा रहेको एउटा कमजोर पुलले यात्रुहरुले खचाखच भरिएको बसको भार सहन पाएन । सञ्चारको समूचित व्यवस्था नहुँदा उद्दारमा कठिनाई आएको समाचारमा उल्लेख छ ।

यसअघि अगस्तमा पनि खैबर पख्तुख्वा प्रान्तमा भएका बिभिन्न घटनामा १७ जनाको मृत्यु भएको थियो । कघान घाटीको कवाई क्षेत्रमा एउटा कार खोचमा खसेको थियो यसमा एकै परिवारका चार महिला र बच्चाहरुको मृत्यु भएको थियो ।

तस्वीरः खलीजटाइम्सबाट

कमेन्ट गर्नुहोस्