प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौंः  सिङ्गापुरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रधानमन्त्रीका निजी चिकित्सक वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाहले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिइन् । उनी प्रधानमन्त्री ओलीको उपचारमा केही दिन सहभागी भएर अहिले काठमाडौं फर्किएकी छिन् ।

याे पनि पढ्नुस  मणि थापाले भने, ‘सरकारको नेतृत्व ओलीले र पार्टीको एकल नेतृत्व प्रचण्डले गर्नुहुन्छ’

निजी चिकित्सक डा. शाहले भनिन्, “प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य छ । उहाँको मिर्गौलामा देखिएको एन्टिबडीविरुद्ध उपचार भइरहेको छ । ”

सात÷आठ पटकसम्म प्लाज्मा फेरेसिस प्रक्रियाद्वारा उपचार गर्नुपर्ने भएकाले प्रधानमन्त्री नेपाल आउन केही दिन लाग्ने बताए । प्रधानमन्त्री ओलीको उपचार सिङ्गापुरको नेसनल युनिभर्सिटी अस्पतालमा भइरहेको छ ।

याे पनि पढ्नुस  प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न वामदेव आज सिंगापुर जाँदै

कमेन्ट गर्नुहोस्