अब भारतभरी एउटै गुणस्तरको नुन बेच्नुपर्ने

नयाँ दिल्ली । बजारको चपेटामा नुन समेत परेपछि भारतले कडा कदम उठाउन गइरहेको छ ।

साबुन, स्याम्पो, सौन्दर्य सामग्र जस्ता कतिपय बस्तुमा बिभिन्न कम्पनीहरुले आकर्षक विज्ञापनसँगै आकर्षित गर्ने वाचासहितका विज्ञपान दिएजस्तै नुनमा पनि बिभिन्न कम्पनीले यस्तो गरिरहेका छन् ।

तर खाद्य सुरक्षा तथा मानक निकाय (एफएसएसएआई) ले नुनको एउटा स्टाण्डर्ड निर्धारण गरेर देशभरी नै एकै किसिमको नुन बेच्न पाउने व्यवस्था गर्न थालेको हो । योसँगै भारतभरि धनी गरिब सबैका लागि एउटै गुणस्तरको नुन उपलब्ध हुने छ ।

अहिलेसम्म देशमा बेचिने नुनको कुनै निश्चित स्टाण्र्ड अर्थात मानक तोकिएको छैन । त्यसैले बजारमा थरिथरिका नुन बेचिदै आएका छन् । नुन बजार प्रतिष्पर्धामा कम्पनीहरुले हाम्रो नुन राम्रो भन्दै बिभिन्न विज्ञापन समेत गरिरहेका छन् ।

कम्पनीले बिभिन्न प्रचारबाजी गर्दै प्रतिष्पर्धा गर्न थालेपछि सरकारी निकायले वैज्ञानिक र औद्योगिक अनुसन्धान परिषदका दुई प्रतिष्ठित प्रयोगशालाहरु राष्ट्रिय वनस्पति अनुसन्धान संस्थान  तथा भावनगरको सेंट्रल साल्ट एंड मरीन केमिकल रिसर्च इंस्टीट्यूट के डा. अरविन्द कुमारलाई यो मानक निर्धारण गर्ने जिम्मेवारी दिएको छ ।

कमेन्ट गर्नुहोस्