पर्यटनमन्त्री भट्टराइले भेटे पूर्व प्रधानमन्त्री देउवालाई, के भयो कुराकानी?

काठमाडौंः पर्यटनमन्त्री योगेश भट्टराईले पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।

उनले शनिबार देउवा निवास बुढानीलकण्ठमा भेटघाट गरी आफूले मन्त्रालयका तर्फबाट भईरहेका काम, केही दिन पहिले सार्वजनिक गरेको मन्त्रालयको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० का बारेमा जानकारी गराएका छन् ।

याे पनि पढ्नुस  पर्यटनमन्त्री भट्टराईले भने, ‘भरतपुर विमानस्थल विस्तारका लागि अब बैठक होइन, काम हुन्छ’

सामाजिक सञ्जाल फेसबुकमा मन्त्री भट्टराइले भनेका छन्, ‘पूर्व प्रधानमन्त्री एवम प्रमुख प्रतिपक्षी दलका नेता माननीय शेरबहादुर देउवासँग आज बिहान उहाँको निवास बुढानीलकण्ठमा भेटघाट गरी मैले सम्हालेको मन्त्रालयका तर्फबाट भईरहेका काम, केही दिन पहिले सार्वजनिक गरेको मन्त्रालयको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० का बारेमा जानकारी गराएको छु ।’

याे पनि पढ्नुस  हातपात गर्नेलाई चिनेका छौं, मुद्दा हाल्छौंः ज्ञानेन्द्र शाही

मन्त्री भट्टराइले मन्त्रालयका काम र भ्रमण वर्ष २०२० को बारेमा पूर्व प्रधानमन्त्री देउवाले अभिरुचिका साथ सुन्नुका साथै महत्त्वपूर्ण सल्लाह सुझाव दिएको बताएका छन् ।

कमेन्ट गर्नुहोस्