फेसबुकको रङ्ग नीलो मात्रै किन छ ? फेसबुकबारे ५ अनौठा तथ्य

काठमाडौं । पछिल्लो समयमा सबैभन्दा बढी लोकप्रिय सामाजिक सञ्जालका रुपमा फेसबुक विकास भएको छ । फेसबुकले मानिसहरुको अन्तर्मनमा रहेका भावनाहरु व्यक्त गर्न सहज गर्नुका साथै कतिपय सूचनामूलक जानकारी समेत साटासाट गर्न सहज पुर्याएको छ । योसँगै साथीभाईसँग सामूहिक कुराकानी, भिडियो र अडियो कुराकानीलगायत कैयन यसका विशेषताले यो झनै लोकप्रिय हुँदै गएको छ ।

फेसबुकको प्रयोग धेरैजसोले गर्ने भएपनि यसका कतिपय अनौठा कुरा भने थाहा नहुन सक्छ । यस्तै केही अनौठा तथ्य हामी यहाँ राख्न गइरहेका छौं ।

१. आखिर फेसबुकको रङ्ग नीलो मात्रै किन ?

सातवटा बिभिन्न रंगलाई प्रमुख रङ्ग मानिन्छ । तर यी सातवटा रङ्गबाट अनगिन्ती अन्य रङ्गहरु बनाउन सकिन्छ । त्यसो भए फेसबुकको रङ्ग नीलो मात्र किन बनाईछ त ?

यसका पछाडि फेसबुकका प्रमुख मार्क जुकरबर्गको बारेमा जान्नु जरुरी छ । मार्ग जुगरबर्गलाई एउटा बिरामी छ । यसलाई कलर ब्लाइन्डनेस भनिन्छ । उनले नीलो रंग मात्रै सही किसिमले देख्न सक्नुहुन्छ । उनलाई रेड ग्रीन कलर ब्लाइन्डनेस रहेको छ । यो कुरा उनले एउटा टेलिभिजन अन्तर्वातामा पनि स्वीकार गरेका छन् । कलर ब्लाइन्डनेस भएको कारण नीलो रंग मात्रै राम्रोसँग देख्नसक्ने उनले बताएका थिए । त्यसैले उनले फेसबुकको कलर पनि नीलो नै राखेका हुन ।

२. जुगरबर्गलाई खोज्नु सबैभन्दा सजिलो
यदि तपाई गुगल सर्च गर्ने कुरा जान्नुहुन्छ भने तपाईले मार्क जुकरबर्गलाई सजिलोसँग खोज्न सक्नुहुन्छ । फेसबुक लगिन गर्दा त्यतिखेर वेभ ठेगाना या युआअरएल https://www.facebook.com हुन्छ । तर यदि यो युएरआलको अगाडि /4 मात्रै लेखेर इन्टर गर्नुभयो भने तपाई सोझै मार्कको वालमा पुग्नुहुनेछ । एकचोटी हेर्नुस त । https://www.facebook.com/4

३. हरेक ५ सेकेण्डमा नयाँ मानिस आउँछन फेसबुकमा
फेसबुकका तर्फबाट जारी गरिएको तथ्यांक अनुसार हरेक पाँच सेकेण्डमा नयाँ मानिस फेसबुकमा एकाउण्ट बनाउने गर्दछन् । यस अतिरिक्त फेसबुकमा हरेक दिन करिब ३० करोड तस्वीर बिभिन्न देशबाट अपलोड हुन्छन् । हरेक सेकेण्डमा ५० हजार कमेन्ट र ३ लाख स्टाटस लेखिन्छन् । फेसबुकमा ९ करोड बढी फेक (नक्कली) प्रोफाइल रहेको छन् ।

४. यी दुई देशमा फेसबुकमा प्रतिबन्ध

फेसबुक जति लोकप्रिय भएपनि चीन र उत्तर कोरियामा भने प्रतिबन्धित छ । चीनमा कतिपयले भिपिएनको प्रयोगले फेसबुक चलाउने भएपनि यो सामान्य अवस्थामा चल्दैन । यदि चीनमा फेसबुक प्रतिबन्ध नलागेको भए यसका प्रयोगकर्ता कति हुन्थे होलान भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।

५. यिनलाई कसैले ब्लक गर्न सक्दैनन्
हामीले नरुचाउने मानिस या दुख दिने मानिसलाई फेसबुकमा सहजै ब्लक गर्न सक्छौं । तर फेसबुकका करोडौं युजरमा एकजना प्रयोगकर्तालाई भने कसैले ब्लक गर्न सक्दैन । यो प्रोफाइल कसको होला त ? यो प्रोफाइल अरु कसैको नभएर यसका संस्थापक मार्क जुकरबर्गकै हो । हामीले जुकरबर्गलाईसजिलै खोज्न सक्छौं तर उनको प्रोफाइल ब्लक भने गर्न सक्दैनौं । कोशिस गर्नुस त कतै सक्नुहुन्छ कि ?

कमेन्ट गर्नुहोस्