रक्सी खाएर पत्रकारसँग बोल्नु महंगो पर्यो यी सुन्दरीलाई, ट्रम्पले गरे टीमबाट निकाला

वाशिङ्टन, अमेरिकी राष्ट्रपतिले आफ्नो सहयोगी कर्मचारीलाई व्हाइट हाउसबाट हटाएका छन् ।

बिबिसीका अनुसार, ट्रम्प परिवारका केही नीजि जानकारी चुहाएको भन्दै उनलाई निकालिएको हो ।

२९ वर्षीय मेडेलिन वेस्टर हाउटलाई यसै महिना डिनरको बेला केही पत्रकारसँग कुराकानी गर्दै गरेको देखिएको थियो । त्यसपछि बिहिबार उनलाई निकालिएको हो ।

सिबिसी समाचार अनुसार, ड्रिंक्सको बेला उनले आफ्नो पहुँच ट्रम्पसँग रहेको भन्दै आफूलाई ठूलो बताइरहेकी थिइन । उनी राष्ट्रपति कार्यकालको शुरुकै दिनदेखि ट्रम्पसँग काम गर्दै आएकी थिइन ।

न्यूयोर्क टाइम्सले श्रोतको उल्लेख गर्दै मेडेलिनलाई अब कार्यालय आउन पनि नदिइने बताएको छ । उनको कार्यालय राष्ट्रपतिको कार्यालयको ठीक अगाडि वेष्ट विङमा थियो ।

उनले अगस्तमा न्यूजर्सी को बर्कले हाइट्स होटलमा ट्रम्पको छुट्टीको बेला डिनर गर्ने क्रममा पत्रकारहरुसँग अनाधिकृत टिप्पणी गरेकी थिइन । उनले रक्सी खाएको र राष्ट्रपति ट्रम्पको परिवारको बेला नीजि जानकारी चुहाएकी थिइन । ट्रम्पले यो कुरा कसरी थाहा पाए भन्ने खुलेको छैन ।

रिपोर्ट अनुसार ट्रम्पले भने मेडलिनलाई माई ब्यूटी भन्दो बोलाउने गर्दथे ।

कमेन्ट गर्नुहोस्