यौनाङ्ग देखाई अभद्र व्यवहार गर्ने जेल चलान

स्याङजा : यौनाङ्ग देखाई अभद्र व्यवहार गर्ने आँधीखोला गाउँपालिका ५ का २८ वर्षिय बाबुराम विक कारागार चलान भएका छन्। आरोपितले धरौटी बापतको रकम बुझाउन नसकेपछि कारागार पठाइएको प्रहरीले जनाएको छ।

विकलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धको कसुरमा मुद्धा दर्ता गरेको हो।

विकले साउन २२ गते दिउँसोको समयमा यौनाङ्ग देखाई अभद्र व्यवहार गरेको भन्दै उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको थियो।

अदालतले विकसँग ५० हजार धरौटी माग गरेको थियो। धरौटी बुझाउन नसकेपछि कारागार चलान गरेको प्रहरी नायब उपरीक्षक नवीककृष्ण भण्डारीले जानकारी दिए।

कमेन्ट गर्नुहोस्