एनसेल करसम्बन्धमा सर्वोच्चको निर्णयविरुद्ध विप्लव नेकपाद्वारा आन्दोलनको घोषणा (विज्ञप्ती)

काठमाडौं । नेत्रबक्रिम चन्द विप्लव नेतृत्वको नेकपाले सर्वोच्च अदालतले एनसेलको करसम्बन्धी गरेको फैसलाको बिरोध गरेको छ ।

एनसेलविरुद्ध निकै आक्रामक हुँदै आएको विप्लव नेकपाले यसअघि देशैभरी एनसेलका टावरमा आगजनी समेत गरेको थियो ।

सर्वोच्च अदालतको निर्णय राष्ट्रघाती भन्दै विप्लवले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।

विप्लवद्वारा जारी विज्ञप्तीमा भदौ १७ गते न्यायधिसहरुको पुत्ला दहन, भदौ १९ गते देशभरी मशाल जुलुस, भदौ २१ गते एनसेलका कार्यालयहरुमा विरोध प्रर्दशन, भदौ २३ गते एनसेल कार्यालयहरुमा तालाबन्दी र भदौ २६ गते भ्रष्टाचारीहरुको पुत्लामा कालोमोसो दल्नेसहितको कार्यक्रमहरु घोषणा गरिएका छन् ।

एनटिसी चलिरहेको अवस्थामा एनसेल हाम्रो बाध्यताको ब्यापार होइन भन्दै विप्लवले सबै देशभक्त नागरिकहरुलाई एनसेललाई बहिस्कार गर्नेबारे सोच्न अपील समेत गरेका छन् ।

कमेन्ट गर्नुहोस्