Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

यो हो हत्केलामैं अटने संसारकै सानो ल्यापटप

काठमाडाैं । एक जना व्यक्तिले विश्वकै सबैभन्दा सानाे ल्यापटप तयार पारेका छन् । जुन ल्यापटपमा मात्र १ इन्चको स्क्रिन रहेकाे छ ।

विश्वकै सानो ल्यापटप बनाउने ती व्यक्तिको नाम पल क्लिन्गर हो । उनले बनाएको उक्त ल्यापटपको नाम ThinkTiny हो । यो ल्यापटप IBM को थिंकप्याडको सानो रुप हो । हाल लेनेभो कम्पनीले थिंकप्याड बनाउँदै आएको छ ।

क्लिंगरले यो मिनी ल्यापटपमा ०.९६ इन्चको डिस्प्ले राखेका छन् । साथै यो ल्यापटपमा थिंकप्याडमा जस्तै किप्याडको बीचमा रातो रङको ट्रयाकप्वाइन्ट स्टाइल कर्सर कन्ट्रोलर राखिएको छ ।

यस्ता छन् यसका राेचक तथ्यः

ओएलइडी डिस्प्ले

ल्यापटप बनाउनका लागि क्लिन्गरले थ्री डी प्रिन्टेड खोल तयार गरेका छन् । यस मिनी ल्यापटपमा १२८ गुणा ६४ पिक्सेलको ओएलइडी डिस्प्ले राखिएको छ । साथै यो सानो ल्यापटपमा ब्त्तष्लथ ज्ञटज्ञद्ध को ८ बिटको चिप राखिएको छ । यसमा वर्ड, एक्सेल तथा पावरप्वाइन्ट जस्ता अफिस सफ्टवयेर पनि चलाउन सकिन्छ ।

३०० मिली एम्पिएर आवरको ब्याट्री

मिनी ल्यापटपमा ३०० मिली एम्पियर आवरको ब्याट्री रहेको छ । उक्त ब्याट्रीलाई रिचार्ज पनि गर्न सकिन्छ । यसमा त्एछद्धण्ण् ब्याट्री चार्जर उपलब्ध छ । ल्यापटपमा अन्य कम्पोनेन्ट्स पनि उपलब्ध छन् । खास विशेषता त यो ल्यापटपमा गेम पनि खेल्न सकिन्छ । १ इन्चको सानो स्क्रिनवाला यो ल्यापटपमा स्नेक, लुनर ल्याण्डर तथा टेट्रिस लगायतका गेम खेल्न सकिन्छ ।

एक हप्तामै तयार
यो ल्यापटप यति सानो छ कि यो हत्केलामै हराउँछ । मिनी ल्यापटपको किप्याडमा रहेको रातो बटनलाई माउसको रुपमा प्रयोग गर्न सकिन्छ । यो ल्यापटप तयार गर्न क्लिन्गरलाई एक हप्ताको समय मात्र लागेको थियो । यसका पाटपुर्जामा उनले करीब ७० डलर खर्च गरेका थिए भने कस्टम प्रिन्टेड सर्किट बोर्डका लागि १५ डलर खर्चिएका थिए ।

तत्काल बजार नपाठाउने

दुनियाँकै सानो आकारको ल्यापटप तयार गरेता पनि यसका निर्माता पल क्लिन्गरले तत्कालै यो ल्यापटप बजारमा पठाउने सोच बनाएका छैनन् । तर यदि कोही मानिस यो ल्यापटपको पुनरुत्पादन गर्न चाहन्छ भने त्यसका लागि उनले पूरै कोड तथा डिजाइन आफ्नो GitHub पेजमा राखिदिएका छन् । स्मरण रहोस् यसअघि पनि क्लिन्गरले एउटा सानो गेमिङ्ग डेस्कटप कम्प्युटर पनि तयार गरेका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: