कांग्रेसबाट विजयी गाउँपालिका अध्यक्षविरुद्ध जेठी श्रीमतीद्वारा बहुविवाहको मुद्दा दायर

प्युठान, प्युठानको  गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीविरुद्ध उनकी श्रीमतिले  बहुविवाहको मुद्दा दायर गरेकी छन् । कान्छी श्रीमति विवाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय प्युठान मार्फत  जिल्ला अदालतमा बहुविवाहको मुद्दा दर्ता भएको प्युठानका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कार्कीले जानकारी दिए ।

याे पनि पढ्नुस  बहुविवाह गर्ने सरकारी जागिरबाट बञ्जित

“उहाँकी श्रीमतिले  जाहेरी दिए पछि गाउँपालिकाको अध्यक्ष कै घरमा हामी पुग्यौं । उहाँ भने सम्पर्कमा आउनु भएको छैन । हामीले अध्यक्ष गिरिको फोनमा सम्पर्क राख्दा पनि सम्पर्क हुन सकेन ।’ डिएसी कार्कीले भने

जाहेरी दिएकी गिरिकी श्रीमति सीताले आफूहरुले २०५७ सालमा विवाह गरेको र  हाल १७ वर्षीया एक छोरी र १२ बर्षीय एक छोरा समेत रहेको बताइन् ।

याे पनि पढ्नुस  बहुविवाह गर्ने सरकारी जागिरबाट बञ्जित

श्रीमानले गत असार २९ गते   प्युठान नगरपालिकाकी किशोरीसँग बिबाह गरेको जानकारी पाएपछि आफूले बहुविवाहको मुद्धा दर्ता गराएको उनले बताइन् ।

गाउँपालिका अध्यक्ष गिरि नेपाली कांग्रेसबाट  उमेदवारी दिएर विजयी भएका थिए ।

कमेन्ट गर्नुहोस्