अफगानिस्तान विरुद्धको टेस्टका लागि बंगलादेशद्वारा टिम घोषणा

काठमाडौंः अफगानिस्तान विरुद्धको एक मात्र टेस्ट खेलका लागि बंगलादेशले टिम घोषणा गरेको छ ।

सेप्टेम्बर ५ देखि ९ तारिखसम्म हुने टेस्टका लागि बंगलादेशले शाकिवअल हसनको कप्तानीमा टिम घोषणा गरेकाे हो । बंगलादेश र अफगानिस्तानबीचको यो खेल बंगलादेशको चटगाउँमा हुनेछ ।

लामो समयपछि फास्ट बलर टास्किन अहमदले टिममा मौका पाएका छन् । उनले अन्तिम टेस्ट अक्टोबर २०१७ मा खेलेका थिए । तर, अर्का चर्चित बंगालादेशी फास्ट बलर मुस्तफिजुर रहमान भने टिममा अटाउन असफल भएका छन् ।

यस्तै ओपनर तमिम इकबाल पनि १५ सदस्यीय टिमभित्र अटाउन असफल भएका छन् । यस्तो छ अफगानिस्तानविरुद्ध टेस्ट खेल्ने बंगालदेशको टिम–

कमेन्ट गर्नुहोस्