साफ च्याम्पियनसिपः पहिलो हाफमै नेपालविरुद्ध भारतको ३ गोल

काठमाडौंः पाँचौ संस्करणको साफ यू–१५ च्याम्पियनसिपको उपाधिका लागि भारतसँग भइरहेको खेलमा नेपाल पहिलो हाफमै ३–० गाेलले पछि पारेको छ ।

भारतका लागि खेलको १५ औँ मिनेटमा टोन्जब्रामले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यस्तै ४२ औँ मिनेटमा अमनदिपले गोल गर्दै भारतको अग्रता दोब्बर पारे । खेलको ४५ औँ भिमपोकमनले गोल गर्दै भारतलाई ३–० को अग्रता दिलाए ।

याे पनि पढ्नुस  साफ यू–१५ च्याम्पियनसिपः उपाधिका लागि आज भारत र नेपाल भिड्दै

अघिल्ला दुई संस्करणमा उपाधि नजिक पुगेको नेपाल फाइनलमा भारतसँग नै पराजित भएको थियो ।

भारतले भने २ पटक उपाधि जितिसकेको छ ।

कमेन्ट गर्नुहोस्