श्रीमतीलाई माइत पुर्‍याएर फर्किदै गर्दा श्रीमानको मृत्यु

रोल्पाः  तीज मनाउन श्रीमतीलाई माइत पुर्‍याएर फर्किने बेला जिप दुर्घटना हुँदा श्रीमानको मृत्यु भएको छ ।

श्रीमती र छोरीलाई सदरमुकाम लिबाङबाट रोल्पा नगरपालिका–७ निम्री पुर्‍याएर फर्किने बेला भे १ ज ४६५६ नम्बरको जिप दुर्घटना हुँदा रोल्पा नगरपालिका–१० धबाङका ३० वर्षीय चालक दिलबहादुर बुढामगरको मृत्यु भएको हो ।

याे पनि पढ्नुस  पहिरोले घर पुरिँदा एकै परिवारका ६ जनाको मृत्यु

हिमताल यातायात प्रा.लिको जिप सडकबाट २ सय मिटर तल माडी खोलामा खसेको हो । दुर्घटनालगत्तै स्थानीय र प्रहरी घटनास्थल पुगेका थिए ।

वर्खायाममा खोला ठूलो भएकाले जिपभित्र अन्य मानिस भए–नभएको पत्ता लगाउन कठिन भएको प्रहरीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्