साफ यू–१५ फाइनलः नेपालविरुद्ध भारतको गोलको वर्षा

काठमाडौंः पाँचौ संस्करणको साफ यू–१५ च्याम्पियनसिपको उपाधिका लागि भारतसँग भइरहेको खेलमा नेपालले खराब प्रदर्शन गरेको छ ।

८१औं मिनेटसम्म नेपालविरुद्ध भारत ७–० ले अग्रता बनाएको छ । पहिलो हाफमै नेपालविरुद्ध भारतले ३ गोल गरेको थियो ।

भारतका लागि खेलको १५ औँ मिनेटमा टोन्जब्रामले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यस्तै ४२ औँ मिनेटमा अमनदिपले गोल गर्दै भारतको अग्रता दोब्बर पारे । खेलको ४५ औँ भिमपोकमनले गोल गर्दै भारतलाई ३–० को अग्रता दिलाए ।

अघिल्ला दुई संस्करणमा उपाधि नजिक पुगेको नेपाल फाइनलमा भारतसँग नै पराजित भएको थियो ।

भारतले भने २ पटक उपाधि जितिसकेको छ ।

कमेन्ट गर्नुहोस्