फाइनलमा भारत नै बाधक, नेपाल ७–० ले पराजित

काठमाडौंः पाँचौ संस्करणको साफ यू–१५ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग ७–० गोलले पराजित भएको छ ।

कोलकत्तास्थित कल्याणी रंगशालामा भएको फाइनल खेलमा नेपालले पहिलो हाफमा ३ र दोस्रो हाफमा ४ गोल खान पुग्यो ।

भारतको जीतमा सिद्वार्थले ह्याट्रिक गरे । यस्तै, महेसन सिंह, मनन्दित माकेस, शिवजित सिंह हिमांश जंग्राले एक–एक गोलको योगदान दिए ।

भारतले यो सहित तीन पटक साफ यू–१५ च्याम्पियनसिपको उपाधि जितेको छ । यसअघि भारतले सन् २०१३ र २०१७ मा उपाधि जित्न सफल भएको थियो । भारतले दुबै पटक उपाधि जित्दा नेपाल भने उप–विजेता बनेको थियो ।

कमेन्ट गर्नुहोस्