Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

श्रीमान् दिनरात पढेको पढ्यै भएपछि श्रीमतीसँग तलाक !

औपचारिक शिक्षामा विद्यावारीधि (पीएचडी) गरिसकेका पतिले सरकारी जागिरका लागि दिनरात पढेको पढ्यै भएपछि भारतको मध्य प्रदेशमा पतिपत्नीबीच सम्बन्धविच्छेदको अवस्था आएको छ ।

हालसालै विवाह भएको भएपनि पतिले पढाइमै व्यस्त भएर ध्यान नदिएको भन्दै पत्नी घर छाडेर माइत हिँडेकी छन् ।

पतिले सरकारी जागिरका लागि यूपीएससी र प्रदेशस्तरीय विभिन्न परीक्षाको तयारी गर्ने गरेका थिए । पतिले आफूलाई ध्यान नदिएको र बेवास्ता गरेको भन्दै पत्नीले पतिलाई छाडेर गएकी छन् ।

स्थानीय जिल्ला कानूनी सेवा केन्द्रकी परामर्शदाता नूरनिसा खानका अनुसार युवक परिवारका एक्ला छोरा हुन् । घरमा अभिभावक बिरामी भएपछि स्याहारसुसारका लागि युवकले विवाह गरेका थिए । तर विवाहपछि पढाइको चक्करमा परेर पत्नीलाई बेवास्ता गरेको आरोप छ ।

पत्नीले घर छाडेर गएपछि युवकले सम्बन्धविच्छेद (तलाक) को मुद्दा दर्ता गराएको समाचार भारतीय सञ्चारमाध्यम आजतकमा प्रकाशित छ । युवकका अनुसार पत्नी घर छाडेर गएपछि सम्पर्कमा समेत आएकी छैनन् । आफन्त नातेदारले धेरै प्रयास गर्दा समेत समाधान ननिस्केपछि तलाकको मुद्दा दर्ता गरिएको युवकले जनाएका छन् ।

परामर्शदाता खानका अनुसार तलाकको सुनुवाइका क्रममा सकभर उनीहरूको विवाहलाई बचाउने कोसिस गरिने छ । एजेन्सी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: